ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह « Khabarhub

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देही सदरमुकाम भैरहवामा सत्ता गठबन्धन र विपक्षी गठबन्धनले आज अलग अलग आमसभा गरेका छन् । आसन्न मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसार गर्ने अवधि आज मध्यरातिदेखि सकिँदैछ । राजनीतिक दलहरुले आजदेखि प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम औपचारिक रुपमा कोणसभा तथा आमसभाको माध्यमबाट अन्त्य गरेका छन् ।

भैरहवाको मिलनचोकमा सम्पन्न भएको लोकतान्त्रिक वाम–गठबन्धनको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।’ गृहमन्त्री खाणले भने ।

हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाइएको उनले जानकारी दिए । मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको उनले जिकिर गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १० : ३० बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी