प्रचारशैलीमा नै परिवर्तन « Khabarhub

प्रचारशैलीमा नै परिवर्तन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारले अनुशासन र मर्यादामा रहेर प्रचारप्रसार गरेको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले बताए।

प्रचारप्रसार गर्न पाउने समयको अन्तिम दिनसम्म आइपुग्दा आचारसंहिता उल्लङ्घनका उजुरीहरु नआएको बताउँदै उनले प्रचारशैलीमा नै परिवर्तन आएको बताए । बागमती प्रदेशका १३ वटै जिल्लामा आचारसंहिताका विषयमा छिटपुटबाहेक यस्तो किसिमको उजुरी र अप्रिय घटना नभएको प्रमुख पोखरेलको भनाइ छ ।

यसपटकको निर्वाचनमा विगतको तुलनामा धेरै भिन्नता पाएको उनले बताए । प्रमुख पोखरेलका अनुसार आचारसंहिता उल्लङ्घन भयो भनेर दललाई फोन गर्न र पत्र काट्न नपर्नुले यो निर्वाचन मर्यादित र अनुशासित भएको बर्ता।

उनले प्रचारशैलीमा परिवर्तन आएका कारण पनि बजार सफा र स्वच्छ रहेको बताए । सामाजिक सञ्जालले प्रचारशैलीमा ल्याएको परिवर्तनले प्रचार प्रसारशैलीलाई शिष्टता प्रदान गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा र सञ्चारमाध्यममा उम्मेदवारका एजेण्डामाथि छलफल हुने र प्रष्ट पारिने कार्य यो पटकको निर्वाचन प्रचारप्रसारका क्रममा भेटिएको हेटौँडा–४ का स्थानीय एवं पूर्वशिक्षक ऋषिराम पोखरेलले बताए । यसैगरी मकवानपुर कैलाश गाउँपालिका–९ की पार्वती वर्तौलाले पनि यो चुनाव फरक जस्तो महसुस भएको बताए । पहिलेका चुनाव प्रचारप्रसारमा बालबालिका देखिने गरेको भएपनि यो पटक भने यसमा यदाकदा छिटपुटबाहेक यस्ता दृश्य नदेखेको बताए । तर दैनिकरुपमा मतदाता सर्वेक्षणको नाममा, अपलि लगाएका श्रब्य, दृश्य भने सामाजिक सञ्जालमा पाइएको उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १० : ४८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने