प्रचारशैलीमा नै परिवर्तन « Khabarhub

प्रचारशैलीमा नै परिवर्तन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दल र उम्मेदवारले अनुशासन र मर्यादामा रहेर प्रचारप्रसार गरेको निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले बताए।

प्रचारप्रसार गर्न पाउने समयको अन्तिम दिनसम्म आइपुग्दा आचारसंहिता उल्लङ्घनका उजुरीहरु नआएको बताउँदै उनले प्रचारशैलीमा नै परिवर्तन आएको बताए । बागमती प्रदेशका १३ वटै जिल्लामा आचारसंहिताका विषयमा छिटपुटबाहेक यस्तो किसिमको उजुरी र अप्रिय घटना नभएको प्रमुख पोखरेलको भनाइ छ ।

यसपटकको निर्वाचनमा विगतको तुलनामा धेरै भिन्नता पाएको उनले बताए । प्रमुख पोखरेलका अनुसार आचारसंहिता उल्लङ्घन भयो भनेर दललाई फोन गर्न र पत्र काट्न नपर्नुले यो निर्वाचन मर्यादित र अनुशासित भएको बर्ता।

उनले प्रचारशैलीमा परिवर्तन आएका कारण पनि बजार सफा र स्वच्छ रहेको बताए । सामाजिक सञ्जालले प्रचारशैलीमा ल्याएको परिवर्तनले प्रचार प्रसारशैलीलाई शिष्टता प्रदान गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा र सञ्चारमाध्यममा उम्मेदवारका एजेण्डामाथि छलफल हुने र प्रष्ट पारिने कार्य यो पटकको निर्वाचन प्रचारप्रसारका क्रममा भेटिएको हेटौँडा–४ का स्थानीय एवं पूर्वशिक्षक ऋषिराम पोखरेलले बताए । यसैगरी मकवानपुर कैलाश गाउँपालिका–९ की पार्वती वर्तौलाले पनि यो चुनाव फरक जस्तो महसुस भएको बताए । पहिलेका चुनाव प्रचारप्रसारमा बालबालिका देखिने गरेको भएपनि यो पटक भने यसमा यदाकदा छिटपुटबाहेक यस्ता दृश्य नदेखेको बताए । तर दैनिकरुपमा मतदाता सर्वेक्षणको नाममा, अपलि लगाएका श्रब्य, दृश्य भने सामाजिक सञ्जालमा पाइएको उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १० : ४८ बजे

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको