चिसोबाट बालबालिकालाई जोगाउने खानेकुरा « Khabarhub

चिसोबाट बालबालिकालाई जोगाउने खानेकुरा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाडो महिना बालबालिकाका लागि जोखिमपूर्ण मानिन्छ। मौसम परिवर्तनले गर्दा यो बेला विभिन्न किसिमका सङ्क्रमण हुन सक्छन्। जाडोमा रोगसँग लड्ने क्षमतामा कमी आउने भएकोले विशेष गरी बालबालिकामा सङ्क्रमणको समस्या बढी हुन्छ। बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन्।

औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै सिकिस्त हुँदै जान्छन्। लामो समयसम्म खानेकुरामा ध्यान पुर्‍याउन नसक्दा शारीरिक र मानसिक रुपमा नराम्रो असर पर्न सक्छ। चिसो मौसममा न्यानो लुगाले मात्रै पुग्दैन। पोषिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ।

बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ। त्यसपछि बालबालिकालाई दूधले मात्रै नपुग्ने भएकाले दूधका साथै अरु खानेकुरा पनि खुवाउनुपर्छ। बाहिरका अरु खानेकुराभन्दा पनि लिटो खुवाउनुपर्छ।

लिटो
भटमास, गहुँ, चामल, मकै र बदामलगायतका खानेकुरा मिसाउनुपर्छ। त्यसमा अलिकति घ्यू पनि राख्नुपर्छ जसले हाम्रो शरीरलाई चाहिने बोसोको काम गर्छ।

भिटामिन ए, बी, ई, डी र के जस्ता तत्त्वसँगै बोसो छैन भने यी तत्वहरु सोस्न पाउँदैन र काम नगर्ने हुन सक्छ। जसले गर्दा कुपोषण हुन सक्छ।

बच्चा ठूलो हुँदै जाँदा उसिनेको आलु र उसिनेको अण्डाको साना साना टुक्राका साथै दालको झोल र तरकारी पनि खुवाउनुपर्छ। दिनमा आठ पटकसम्म खुवाउनु पर्छ। तर थोरै थोरै खुवाउनुपर्छ।

जब बालबालिका दुई वर्षका हुन्छन्, त्यस बेलादेखि घरको भान्सामा जे जे पाक्छ ती सबै दिने गर्नुपर्छ। त्यसमा पनि चपाउने खानेकुरा धेरै दिनुपर्छ। बाहिर बजारको खाना दिनुहुँदैन।

सखर
जाडो मौसममा सखर हरेक उमेर समूहका लागि एकदमै उपयोगी हुन्छ। सखरमा खनिज तत्त्व, लौह तत्त्व, जिन्क, इन्जाइम र एनर्जी पाइन्छ। यो मौसममा सखरको सेवनले शारीरिक कमजोरी र थकान मेटाउन मद्दत गर्छ।

ताजा सागपात र तरकारी
मौसमअनुसारको तरकारीजस्तै काउली, ब्रोकाउली, तरुल, गान्टेमुला, सखरखण्ड, कुरिलो र कागतीका साथै विभिन्न किसिमका सागपातको सेवन गर्नुपर्छ।

गाजरमा बिटा क्यारोटिन भएकोले बालबालिकालाई काँचो वा पकाएर जस्तो पनि दिन सकिन्छ। झोलिलो सुपले शरीरलाई न्यानो बनाउनुका साथै विभिन्न पोषक तत्त्व प्रदान गर्छ।

ओखर, बदाम (नट्स) आलस, तिल
बदाम, ओखर, छोकडा, खुर्पानी अति नै स्वास्थवर्द्धक खानेकुरा हुन्। शारीरिक विकासको लागि, इन्सुलिनको मात्रा मिलाउन, मस्तिष्क बलियो बनाउन, मुटु स्वस्थ राख्न र स्मरण शक्ति बढाउनका साथै बालबालिकाको सम्पूर्ण विकासका लागि यी खानेकुरा धेरै नै उपयोगी हुन्छन्।

माछा
जाडोयाममा माछाको प्रयोग गर्नुपर्छ। किनकि माछामा धेरै प्रोटिन पाइन्छ। यसमा ओमेगा थ्री, फ्याटी एसिड र भिटामिन डी पाइन्छ जसले मुटु रोगको साथै हाडजोर्नीलाई पनि बलियो बनाउने काम गर्छ।

फलफूल
जाडोयाममा फलफूलको सेवन गर्दा चिसो लाग्छ भन्ने धेरैको बुझाइ छ तर यो गलत हो। यो मौसममा फलफूलको प्रयोग झन् नियमित गर्नुपर्छ।

यसमा भएको पोषक तत्त्व र भिटामिनले धेरै रोगबाट जोगाउने गर्छ। यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। बालबालिकाका लागि मौसमअनुसारको सबै फलफूल उपयुक्त हुन्छ।

सुन्तला, केरा, नासपाती, मेवा, अनार, स्याउ, मौसम, अम्बा, आँपआदिको सेवन सधैँ गर्नुपर्छ। यी खानेकुरा बालबालिकाका साथै अरुले पनि नियमित खाँदा निरोगी बन्न सकिन्छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ०१ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको