भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह « Khabarhub

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुखसँगको छलफलका लागि यहाँ आउनुभएका उहाँले प्रदेश सरकारले कमिसनका आधारमा आयोजना बाढिएको प्रमाण भेटिएमा कुनै पनि हालतमा कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा आज मार्तडीमा आयोजित छलफलमा सहभागी हुन यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहले प्रदेश सरकारले गरेका कामको जानकारी दिँदै जनताकेन्द्रित काम गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिए ।

तीनै तहको सरकारबीच समन्वय र सहकार्य नहुँदा विभिन्न बाधा आउने गरेकाले आवश्यक समन्वयको खाँचो औँल्याए । उनले कमिसनबाट आएका प्रदेशका आयोजना अगाडि नबढाउने पुनः प्रतिबद्धता जनाउँदै कसैसँग ती आयोजनाको तुलना नगर्ने पनि दाबी गरे ।

मुख्यमन्त्री शाहले भने, “सङ्घ, प्रदेश र स्थानीय तहलार्ई बलियो बनाउने हामी सबैको दायित्व हो ।” प्रदेश संरचना आएको आठ वर्षपछि जिल्लास्तरका पालिका प्रमुख र कार्यालय प्रमुखसँग अन्तरक्रिया गर्नु पनि विकासको एक सकारात्मक कार्यको सुरुआत भएको उनले टिप्पणी गरे ।

प्रदेश सरकारले हरेक जिल्लामा गरेका बहस, छलफल र अन्तरक्रियाले सकारात्मक बाटोमा लैजान मद्दत पुगेको मुख्यमन्त्री शाहको भनाइ छ । प्रदेश सरकारमा भएका बेथिति र सुधारका विषयमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : ३१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा