मोदीप्रति पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिको भारतद्वारा निन्दा | Khabarhub Khabarhub

मोदीप्रति पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिको भारतद्वारा निन्दा


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ ।

संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रहेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ ।

मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर गुजरातको कसाई जीवित छन् र उनी भारतका प्रधानमन्त्री हुन्।’

‘पाकिस्तानका विदेशमन्त्रीले स्पष्ट रूपमा सन् १९७१ मा यो दिन बिर्सेका छन्, जुन पाकिस्तानी शासकहरूले जातीय बंगाली र हिन्दूहरुविरुद्ध गरेको नरसंहारको प्रत्यक्ष परिणाम थियो, भारतीय विदेशमन्त्रालयले विज्ञप्तिमा भनेको छ । पाकिस्तानले आफ्ना अल्पसंख्यकहरुको व्यवहारमा धेरै परिवर्तन नगरेको पनि भारतले आरोप लगाएको छ ।

बिलाबालको अभिव्यक्तिलाई लिएर भारतका अन्य मन्त्रीहरुले पनि विरोध जनाएका छन् । केन्द्रीय मन्त्रीहरूले बिलावाललाई ‘मानसिक रूपमा भ्रष्ट र गैरजिम्मेवार’ भनेका छन् । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले टिप्पणीलाई ‘नराम्रो र लाजमर्दो’ भनेका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका