‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै « Khabarhub

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ।

विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ। नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावनअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सुली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन्।

महोत्सवमा प्रर्दशन गरिने चार विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ। एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ। महोत्सवमा ‘लुकेरा बसेका कथालाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यको प्रवचन र ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानवअधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल हुनेछ। महोत्सवका निर्देशक पाण्डव खत्रीले चलचित्रकर्मी र मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका लागि महोत्सवले योगदान दिने विश्वास व्यक्त गरे।

“विदेशी फिल्म कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनय, त्यसको खिचाइ कस्ता छन् भन्ने कुराबाट युवा पुस्ताका चलचित्र निर्देशकले अनुभव गर्न पाउनेछन्। यस्ता खालका महोत्सवबाट नेपाली कला, संस्कृतिको साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुर्‍याउने विश्वास लिएका छौँ”, निर्देशक खत्रीले भने।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : ३० बजे

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल