पुटिन र मोदीबीच टेलिफोन वार्ता « Khabarhub

पुटिन र मोदीबीच टेलिफोन वार्ता


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो ।

टेलिफोन वार्तामा दुई नेताबीच युक्रेन युद्धबारे पनि छलफल भएको बताइएको छ । युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिलाई जोड दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

फेब्रुवरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धले खाद्यान्न र इन्धन संकट निम्त्याएको छ । वार्तामा मोदी र पुटिनले ऊर्जा, व्यापार र लगानी, रक्षा सहयोगका क्षेत्रमा द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए ।

प्रधानमन्त्री मोदीले पुटिनलाई भारतको प्रमुख प्राथमिकताहरू प्रकाश पार्दै जी २० मा भारतको अध्यक्षताबारे जानकारी गराएका थिए ।

हालै हरेक वर्ष आयोजना हुने भारत–रुस शिखर सम्मेलन रद्द गरिएको थियो । गत वर्ष डिसेम्बरमा पुटिनले आफ्नो पश्चिमी छिमेकी युक्रेनमा युद्ध छेड्नु केही हप्ता अघि भारतको भ्रमण गरेका थिए ।

सेप्टेम्बरमा उज्बेकिस्तानमा आयोजित क्षेत्रीय सुरक्षा शिखर सम्मेलनको साइडलाइनमा पनि दुई नेताबीच भेट भएको थियो । यस वर्ष युक्रेनमा रुसी आक्रमणको विषयसहित धेरै पटक दुई नेताबीच छलफल भएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ४ : ३४ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका