रामेछापमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते « Khabarhub

रामेछापमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको उमाकुण्ड गाउँपालिका-६ भुजीमा शनिबार दिउँसो बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको बोलेरो गाडी भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । घाइतेहरूको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।

कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ । बोलेरोमा सवार सबै नौ जना घाइते भएका छन् । घाइतेमध्ये लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका वडासदस्य विमल सुनुवार, सोही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले बताए ।

त्यसैगरी, गाडी दुर्घटनामा लिखु तामाकोसी गाउँपालिका- १ दुरागाउँकै २३ वर्षकी सृष्टि सुनुवार, ३० वर्षकी सीता कार्की, ३० वर्षकै मनिता खड्का र ४० वर्षका दीप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ वर्षीय नरेश खड्का र १९ वर्षीय सुजन भुजेलको अवस्था सामान्य रहेकाले उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ०९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले