भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन  | Khabarhub Khabarhub

भन्सार छलेका सामग्रीबाट तीन करोड राजस्व संकलन 


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व संकलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। 

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणबाट उक्त राजस्व संकलन भएको उनले बताए । पाँच महिनाको अवधिमा २० पटक भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा लिइएको थियो । 

नवलपरासीसहित रूपन्देहीका विभिन्न सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । कपडा, सवारीसाधनका पाटपुर्जा, किरानाका सामान, युरिया, चिनी, भाँडाकुँडालगायतका सामग्री नियन्त्रणमा लिइएको थियो ।

यस अवधिमा प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ७९ वटा सवारी नियन्त्रणमा लिएको र कारबाहीबाट १३ लाख नौ हजार राजस्व असुल गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार पाँच महिनाको अवधिमा जुवातासका सातवटा मुद्दामा ४४ जनालाई कारबाही गरी रु एक लाख ८७ हजार दुई सय ४४ राजस्व संकलन गरिएको छ । यस्तै २७ जना फरार प्रतिवादी पक्राउ गरी ११ वर्ष नौ महिना तीन दिन कैद सजाय र रु छ लाख ९५ हजार पाँच सय ७२ राजस्व असुल गरिएको उनले बताए ।

प्रमुख तिवारीका अनुसार चालु आवको मङ्सिर मसान्तसम्ममा लागूऔषधका ३२ मुद्दा दर्ता भएका छन् । भारतीय सीमाबाट लागूऔषध भित्राएर नवलपुर हुँदै देशका विभिन्न सहरमा लैजाने गरेको पाइएकाले यसको नियन्त्रणका लागि आफूहरू चनाखो भएर लागेको उनले बताए । 

‘खासगरी लागूऔषध ओसारपसार यो बाटोबाट धेरै हुने गरेको घटनाक्रमले समेत देखाएको छ, हामी नियन्त्रणका लागि विषेश निगरानी गरेका छौँ’, जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख तिवारीले भने ।

जिल्लामा पाँच महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ९६ वटा मुद्दा दर्ता भएको उनको भनाइ छ । विशेषगरी लागूऔषध, सवारी दुर्घटना र आत्महत्याका घटना धेरै हुने गरेको तथ्यांकले देखाएको छ । नवलपुरमा पाँच महिनाको अवधिमा ४७ जनाले आत्महत्या गरेका छन् ।

 


प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५७ बजे

पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना

गण्डकी– युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा एक लाखको छात्रवृत्ति

आजका समाचार : साना दल फकाउँदै ओली, मन्त्रीलाई बधाइको होडबाजी र त्रिशुलीका बेपत्ता यात्रु खोज्न भारतकै भर

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले

गृहमन्त्री र भारतीय राजदूतबीच भेट, त्रिशुलीमा बेपत्ता यात्रुको खोजीमा सघाउन आग्रह

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले

‘दलबाट होइन, पत्रकार महासंघभित्रै समाधान खोजिनुपर्छ’

काठमाडौं- वरिष्ठ पत्रकार शिव गाउँलेले नेपाल पत्रकार महासंघको सदस्यताको विवादको

पहिरोमा परी गम्भीर घाइते चारजनाको हेलिकप्टरबाट उद्धार

काँक्रेविहार – जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार