‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’ « Khabarhub

‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् ।

जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा ९माओवादी केन्द्र०का स्थायी कमिटी सदस्य समेत रहनुभएका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरे ।

यसका लागि राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलले दलित समुदाय मुुद्दा साझा बनाउन नसकेको बताए । “जातीय छुुवाछूतको विषय सबैको साझा समस्या बन्नुुपर्छ”, उनले भने, “यसका लागि दलित र गैरदलित दुुवैले साझा अभियान चलाउनुपर्छ ।”

सञ्चारमाध्यले समाजिक रुपमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुुपर्नेमा उनले जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्दालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

बुटवल उपमहानगरका नगरप्रमुुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम र त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले सङ्कट भोगिरेहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यममार्फत् सचेतना गर्ने काममा महत्वपूर्ण योगदान पुु¥याएको बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ५६ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि