स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारुढ दल सहमत | Khabarhub Khabarhub

स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारुढ दल सहमत


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।

सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ ।

सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक बसेर आगामी निर्वाचनको मितिसहितका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ ।

यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो । सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच सो सहमति भएको हो ।

तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन् ।

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १२ : १८ बजे

ब्रेक सु र विद्युतीय सामानमा लुकाएर पौने चार अर्बको सुन तस्करी

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री

झलनाथको च्याप्टर क्लोज, माधव नेपाल सर्वसम्मत अध्यक्ष  हुनुपर्ने तर्क 

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान

धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा