रौतहटका निवेश बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य « Khabarhub

रौतहटका निवेश बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।

२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ ।

सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी भूगोल केन्द्रित राजनीतिमा सक्रिय छन् ।

उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् । यादवले करिब चार वर्ष राष्ट्रियस्तरमा पत्रकारितासमेत गरेका छन् । एपीवान टेलिभिजनमा केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब दुई वर्ष संवाददाताको रूपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारमा प्रभु साह सहरी विकासमन्त्री रहँदा यादव उनको प्रेस सल्लाहकार थिए । यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध भएका थिए । नेकपा विघटनपछि उनी एमालेमै रहे ।

एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरुबाट ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ३० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा