प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन « Khabarhub

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ ।

२२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।

युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।

मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।

यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् ।

प्रदेशको नाम मधेस कायम भएको खुसियाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ४४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै