नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार | Khabarhub Khabarhub

नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको रक्तअल्पता भएपछि गत पुस २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना भएकी रावलको शरीरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत ल्याइएको उनका श्रीमान् धन बहादुर रावलले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौँले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो । सुत्केरी महिलाका २ जुम्ल्याहा छोरा घरमा नै सामान्य अवस्थामा रहेको पारिवारिक उनका श्रीमानले बताए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ५ : ५३ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको