नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार « Khabarhub

नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको रक्तअल्पता भएपछि गत पुस २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना भएकी रावलको शरीरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत ल्याइएको उनका श्रीमान् धन बहादुर रावलले जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौँले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो । सुत्केरी महिलाका २ जुम्ल्याहा छोरा घरमा नै सामान्य अवस्थामा रहेको पारिवारिक उनका श्रीमानले बताए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ५ : ५३ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र