नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट « Khabarhub

नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ ।

दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । सोमबार ८ अर्ब तलको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहरु मध्ये ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ७ उपसमूहको सूचकमा गिरावट आएको छ । त्यस्तै मंगलबारको कारोबारमा सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ ।

मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ । तर, यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारमा २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ४६ बजे

चितवन १ मा रास्वपाका हरि ढकाल तेस्रो, एमालेका दावा दोर्जेलाई दोब्बर मतको अग्रता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर पकड बनाउँदा चितवन क्षेत्र नम्बर

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा