ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत « Khabarhub

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप हुने देखिएको छ।

रौतहट क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदा धमलाले नमिठो हार व्यहोर्ने देखिएको छ। ताजा अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता बनउँदा आमजनता पार्टीका ऋषिले दोहोरो अंक पनि कटाउन सकेका छैनन्।

हालसम्म त्यहाँ ३ हजार ८ सय २६ मत गनिसकेको अवस्थामा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत पाइसकेका छन् । त्यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना छन् । जसलाई ६ सय ९२ मत मिलेको छ। उता नेकपाको तारा चिह्नमा ६ सय ३७ मत आएको छ।

यस्तो अवस्थामा प्रभु साह नेतृत्वको आम जनता पार्टीको मोबाइल चिह्नबाट उठेका ऋषिले केबल ९ मत ल्याएका छन् । सामाजिक सञ्जालमा बहुतै चर्चा पाए पनि ऋषिलाई सबै उमेर समूहका मतदाताले नपत्याएको उनले अहिलेसम्म पाएको ९ मतले देखाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : १९ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक