कोरोना कहर : अब काठमाडौँमा के गर्न पाइन्छ ? के पाइँदैन ? (भिडियोसहित) « Khabarhub

कोरोना कहर : अब काठमाडौँमा के गर्न पाइन्छ ? के पाइँदैन ? (भिडियोसहित)


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाई गरिएको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि उपत्यकामा स्मार्ट लकडाउन लागू गरिने भएको छ ।

कोरोनाको रोकथामको लागि तीन वटै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेका छन्। यसअघिको तीन वटै जिल्लाको बैठकले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी पनि दिएको छ ।

मंगलबार रातिदेखि लागू हुने गरी आमसभा, जुलुस, सभा, भेला लगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ । यस्तै कुनै पनि कार्यक्रम गर्दा २५ जना भन्दा बढी सहभागी हुन नपाइने । घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा र गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ ।

सार्वजनिक स्थान जस्तै होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने लगायतका आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ५९ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना