कलाकार नआएपछि आगजनी र तोडफोड « Khabarhub

कलाकार नआएपछि आगजनी र तोडफोड


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीमा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादव नआइदिँदा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजना गरिएको महोत्सवमा कलाकार यादव नआउँदा आक्रोशित बनेका स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार यादवको पूर्वनिर्धारित सांगीतिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् ।

कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३ सय र ५ सय रुपैयाँका दरले टिकट काटेर बसिरहेका थिए । कलाकार यादवलाई विराटनगरमा रोकिएको बताइएको छ ।

उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका थिए । उनीहरुले स्टेज र कुर्सीहरू समेत तोडफोड गर्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरिएको जनाइएको छ । सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सव सञ्चालन गरिएको थियो ।

मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रम गर्न रोक लगाएको थियो । तर, आयोजकले प्रशासनको निर्देशनलाई लत्याउँदै महोत्सव जारी राखेकाले सो घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : ४६ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै