गायत्री मन्त्रको अर्थ थाहा छ ? « Khabarhub

गायत्री मन्त्रको अर्थ थाहा छ ?


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अधिकांशले गायत्री मन्त्र सुन्नु भएको होला । यस मध्ये कतिपयलाई त गायत्री मन्त्र आउँछ पनि होला तर गायत्री मन्त्रको अर्थ भने सबैलाई थाहा नहुन सक्छ ।

पहिले पहिले व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्री बटुकहरू मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । गायत्री मन्त्र अरूलाई सुनाउनु हुँदैन भन्ने मान्यता थियो  तर अचेल गायत्री मन्त्र गोप्य रहेन । यत्रतत्र गायत्री मन्त्र बज्ने र बजाइने गरेको पाइन्छ ।

गायत्री मन्त्र:

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्

अर्थः
(ॐ) यो प्रभुको मुख्य नाम हो । त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) भन्ने अर्थ लाग्छ ।

गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्छन् भन्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ०० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक