राजनीतिमा एमसीसीको राप: दबाबमा देउवा « Khabarhub

राजनीतिमा एमसीसीको राप: दबाबमा देउवा

१० बजे गठबन्धन र १ बजे संसद बैठक


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीलाई तीव्रता दिएका छन्।

बिहीबार रातिसम्म सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गरेका देउवाले एमसीसीलाई अगाडि बढाउन शुक्रबार बिहानैदेखि छलफल गर्दैछन्। दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक अघि नै एमसीसी संसदमा पेश गर्ने वातावरण तयार गर्नेगरी देउवाले छलफल तय गरेका हुन्।

देउवाले सत्ता गठबन्धनका नेतासँग बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दैछन्। बिहीबार साँझ भएको छलफलमा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहानका लागि छलफल तय भएको हो।

सत्तारूढ दलको बैठकमा सहभागी प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत । तस्वीर: रासस

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा दबाबमा छन्। फागुन ४ गतेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि बैठक आजको लागि तय भएको थियो। संसदको दशौँ अधिवेशनको पाँचौँ बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छैन।

सभामुख अग्निप्रसाद सपकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था समिति बैठक आह्वान गरेका छन्। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गर्नेछ।

बैठक नयाँ बनेश्वरस्थित संसद भवनको शंकर हलमा बस्नेछ। कार्यव्यवस्था समितिमा एमसीसी लगायत संसद बैठकका सम्भावित कार्यसूचीको विषयमा छलफल हुनेछ।

कार्यव्यवस्था समिति बैठक लगत्तै संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ। बैठकमा एमसीसी पेश गर्ने चर्चा भए पनि दलहरुबीच सहमति हुन सकेको छैन।

लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। बिहीबार राति प्रतिपक्षी दलका नेता केपी ओलीको निजी निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउन र एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन्। पत्नी डा. आरजु राणा देउवासहित बालकोट पुगेका देउवाले ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए।

एमसीसी पारित गर्ने पार्टीको निर्णयपछि दबाबमा रहेका देउवाले बिहीबार राति एमाले अध्यक्ष ओलीसँग सत्ता साझेदारीको सम्बन्धमासमेत छलफल गरेको स्रोतको दाबी छ । यद्यपि यो विषयमा बालुवाटार र बालकोटले कुनै औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी