नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने | Khabarhub Khabarhub

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिएका छन्।

‘मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ’, उनले भने, ‘एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।’

पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उनले बताए । ‘त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निक्र्यौल हुन्छ’, उनले भने, ‘स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।’

स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जनाए । चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।

चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १० : २० बजे

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कर्णाली– घरमा राखिएको खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु 

रसुवा– नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

बेलायत– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र