गठबन्धनमा जुटेन एमसीसीमा सहमति, आइतबार फेरि बैठक बस्ने « Khabarhub

गठबन्धनमा जुटेन एमसीसीमा सहमति, आइतबार फेरि बैठक बस्ने


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन ।

गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ तर कुनै सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ४२ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत