धौलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट « Khabarhub

धौलागिरि आयुर्वेद प्रदेशकै उत्कृष्ट


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा–बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो ।

एक महिनाअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो । मुख्यमन्त्रीको कार्यालयले पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएको औषधालयका प्रमुख डा. सरोजकुमार रायले बताए । यसअघि पनि औषधालय प्रदेशकै उत्कृष्ट काम गर्ने कार्यालयका रुपमा पुरस्कृत भइसकेको उनले उल्लेख गरे ।

प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । औषधालयले कोरोना महामारीका बेला उल्लेख्य काम गरेको थियो । औषधालयले जिल्लाका विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर योग शिविर सञ्चालन गर्दैआएको छ । कोरोना सङ्क्रमितको घरमै पुगेर औषधिसमेत वितरण गरेको थियो ।

कार्यालय प्रमुख रायलाई निजामती पुरस्कार
गण्डकी प्रदेश सरकारले प्रदान गर्ने प्रदेश निजामती सेवा पुरस्कारका लागि धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा. सरोजकुमार राय छनोट भएका छन्। स्थापना दिवसका अवसरमा प्रदान गरिने उक्त पुरस्कारका लागि रायसहित १३ कर्मचारीलाई छनोट गरिएको हो ।

प्रदेश सरकारले सर्वोत्कृष्ट प्रदेश निजामती सेवा कर्मचारी पुरस्कार एक जनालाई, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार दुई जनालाई र प्रदेश निजामती सेवा पुरस्कार १३ जनालाई प्रदान गर्ने गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : ४५ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक