गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण « Khabarhub

गैँडाकोटमा चार वर्षमा ५० किलोमिटर सडक निर्माण


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर–नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा पछिल्लो चार वर्षमा ५० किलोमिटर सडक निर्माण गरिएको छ । हालसम्म गैँडाकोटमा कूल ३२१ किलोमिटर सडक निर्माण गरिएको छ ।

चार वर्षमा ७० किलोमिटर सडक ग्राभेल तथा ५५ किलोमिटर सडक कालोपत्र गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । नगरभित्र १२६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । आफ्नै स्रोतसाधनबाट तीन पक्की पुल, तीन झोलुङ्गे पुल र कल्भर्ट निर्माण गरिएको उनले बताए । नगरप्रमुख पौडेलका अनुसार नगरको ९५ प्रतिशत जनसङ्ख्यालाई सफा खानेपानीको व्यवस्था गरिएको छ ।

नगरपालिका भित्र १३ आधारभूत स्वास्थ्य भवन निर्माण, वडा कार्यालय र विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको पौडेलले बताए । दुई रङ्गशाला निर्माणका चरणमा छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पछिल्ला दुई आर्थिक वर्षमा ३७४ जनालाई रोजगारी प्रदान गरिएको छ । नगरभित्र साना र ठूला गरी २७८ उद्योग सञ्चालन छन् । नगरभित्रका ६० वर्षमाथिका दुई हजार १४१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ६४१ जनालाई अपाङ्गता परिचयपत्र वितरणका साथै ५०० अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र ट्राइसाइकल वितरण गरिएको पौडेलले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज