काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा « Khabarhub

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्दै रोग नियन्त्रण गर्ने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौंको गोकर्णेश्वर–३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र चितवनको राप्ती–६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानेर उल्लेखित स्थानको वरीपरीको १०० मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरिएको छ ,’ मन्त्री कार्कीले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : १५ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’