चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न ३० दलको माग « Khabarhub

चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न ३० दलको माग


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचन चुनाव चिह्न संघर्ष समितिले चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गरेको छ ।

विभिन्न ३० दलले गठन गरेको संघर्ष समितिले शुक्रबार चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गर्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिको टोलीले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पूरा गरी निर्वाचन

आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी सिन्डिकेट खडा गरेको समितिको ठहर छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनका लागि आवश्यक पहल गरिरहेको जानकारी गराए ।

स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्नेसमेत जनाएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : ४६ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक