रुपन्देहीमा अपहरित दुई बालबालिकाको काँकडभिट्टाबाट उद्धार « Khabarhub

रुपन्देहीमा अपहरित दुई बालबालिकाको काँकडभिट्टाबाट उद्धार


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको सैनामैना–मुर्गियाबाट अपहरणमा परेका दुई बालबालिकाको उद्धार गरिएको छ । बिहीबार विद्यालय गइरहेका बेला एकै परिवारका दुई बालबालिका अपहरणमा परेका थिए । उनीहरूलाई प्रहरीले शुक्रबार झापाको काँकडभिट्टाबाट सकुशल उद्धार गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उद्धारपछि बालबालिकालाई आफन्तको जिम्मा लगाएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जनाएका छन् ।

अपहरणको कारणबारे भने अनुसन्धानपछि मात्रै थाहा हुने पौडेलले बताए । सैनमैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी १२ वर्षीया प्रसिद्ध दाहाल र छोरा ९ वर्षीय प्रसन्न दाहाल अपहरणमा परेका थिए ।

बिहीबार सैनामैना–४ स्थित स्कूलमा अध्ययनका लागि गएकी बालबालिका साँझसम्म पनि घर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएको थियो ।

ती बालबालिका पढ्ने प्रभात आवसीय बोर्डिङ स्कूलका प्रधानाध्यापक अनन्तराम शर्माले बालबालिका स्कूल नआएको बताएका थिए । परिवारले स्कूलबाट घर नआएको खबर थाहा पाएपछि स्टाफ, बस चालक र सहचालकलाई सोध्दा दुई विद्यार्थीको आफन्तले फोटो खिचाउन लैजान्छु भनेर मुर्गिया झारेको भन्ने सूचना पाएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ५३ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं