रुपन्देहीमा अपहरित दुई बालबालिकाको काँकडभिट्टाबाट उद्धार « Khabarhub

रुपन्देहीमा अपहरित दुई बालबालिकाको काँकडभिट्टाबाट उद्धार


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको सैनामैना–मुर्गियाबाट अपहरणमा परेका दुई बालबालिकाको उद्धार गरिएको छ । बिहीबार विद्यालय गइरहेका बेला एकै परिवारका दुई बालबालिका अपहरणमा परेका थिए । उनीहरूलाई प्रहरीले शुक्रबार झापाको काँकडभिट्टाबाट सकुशल उद्धार गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न खिमबहादुर पौडेललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उद्धारपछि बालबालिकालाई आफन्तको जिम्मा लगाएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जनाएका छन् ।

अपहरणको कारणबारे भने अनुसन्धानपछि मात्रै थाहा हुने पौडेलले बताए । सैनमैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी १२ वर्षीया प्रसिद्ध दाहाल र छोरा ९ वर्षीय प्रसन्न दाहाल अपहरणमा परेका थिए ।

बिहीबार सैनामैना–४ स्थित स्कूलमा अध्ययनका लागि गएकी बालबालिका साँझसम्म पनि घर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएको थियो ।

ती बालबालिका पढ्ने प्रभात आवसीय बोर्डिङ स्कूलका प्रधानाध्यापक अनन्तराम शर्माले बालबालिका स्कूल नआएको बताएका थिए । परिवारले स्कूलबाट घर नआएको खबर थाहा पाएपछि स्टाफ, बस चालक र सहचालकलाई सोध्दा दुई विद्यार्थीको आफन्तले फोटो खिचाउन लैजान्छु भनेर मुर्गिया झारेको भन्ने सूचना पाएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ५३ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक