लमजुङमा विद्युतीय राहदानी वितरण सुरु « Khabarhub

लमजुङमा विद्युतीय राहदानी वितरण सुरु


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका नागरिकले ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवा पाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट विद्युतीय राहदानीको सेवा सुरु भएसँगै नागरिकले सेवा पाएका हुन् । कार्यालयले बिहीबारबाट विद्युतीय राहदानी सेवा सुरुवात गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले पहिलो सेवाग्राही बेंसीशहर नगरपालिका-६ का संसर रिमाललाई ३४ पेजको विद्युतीय राहदानी प्रदान गरेर सेवाको सुरु गरेका हुन् । प्रशासन कार्यालयमा हाल ९१ जनाको विद्युतीय राहदानी आइसकेको र बिहीबारबाट वितरण थालिएको हो ।

प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागमै गएर पनि राहदानी लिन सकिने छ । राहदानीका लागि अनलाइनमार्फत फाराम भरेकाहरूले राहदानी लिन सकिने व्यवस्था रहेको छ । पोखरेलका अनुसार विद्युतीय राहदानीका लागि सुरुमा मोइबाइल वा कम्प्युटरबाट अनलाइन फाराम भर्नुपर्छ ।

साइबरमा गएर वा व्यक्ति आफैँले पनि फारम भर्न सक्नेछन् । फाराम भर्दा राष्ट्रिय परिचय पत्रमा उल्लेख भएको नम्बर अनिवार्य गरिएको छ । ई–पासपोर्टका लागि अनलाइन फारम भर्नुअघि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने उनले बताए ।

अनलाइनमा सम्पूर्ण विवरण भरिसकेपछि फोटो खिच्न भने प्रशासन कार्यालय आउनुपर्ने पोखरेलले बताए । राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालय आफैँले कर्मचारी खटाएर विभागमा जानुपर्ने बाध्यता थियो । राहदानी विभागले हुलाक विभागसँग सम्झौता गरेकाले जिल्लामै राहदानी आइपुग्ने प्रशासनले जनाएको छ ।

३४ पेजको विद्युतीय राहदानी जिल्लाबाटै लिन ५ हजार रुपियाँ लाग्छ । विभागबाट लिन दोब्बर दस्तुर अर्थात १० हजार रुपैयाँ लाग्छ । हराएको लिन थप ५ हजार तिर्नुपर्ने छ । ६४ पेजका लागि विभागमा जानुपर्ने र २० हजारमा विद्युतीय राहदानी बन्ने विभागले जनाएको छ ।

छिटोछिटो विदेश आउजाउ गर्नुपर्नेले ६४ पेजको ई–पासपोर्ट लिन सक्ने प्रशासनले जनाएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्रका अनुसार अनलाइन फाराम भरेपछि कार्यालयमा फोटो खिच्न जाने मिति तोक्ने गर्छ ।

फारम प्रिन्ट गरेर प्रशासन कार्यालय जाने र फोटो खिच्ने कार्य हुन्छ । बायोमेट्रिक फाराम तयार भएपछि प्रमाणित गरी स्क्यान गरी राहदानी विभागमा पठाउने गरिन्छ । फाराम भरेर आएका १० देखि १५ जनालाई दैनिक सेवा प्रदान गर्न सकिने जनाएको छ ।

प्रशासनले विभागमा पठाएको १५ दिनभित्र राहदानी जिल्ला आइपुग्ने उनले बताए । यसअघि राहदानीका लागि १ महिनासम्म कुनुपर्ने अवस्था थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३४ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज