समाचार प्रभाव : साउदीमा अलपत्र १२ युवा स्वदेश फर्किए | Khabarhub Khabarhub

समाचार प्रभाव : साउदीमा अलपत्र १२ युवा स्वदेश फर्किए



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १४५ जना मध्य १२ नेपाली युवा बिहीबार नेपाल फर्किएका छन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४५ दिनअघि उनीहरू साउदी पुगेका थिए ।

अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएको गुनासो गरेपछि खबरहबले समाचार सार्वजनिक गरेको थियो ।

समाचार सार्वजनिक भएपछि साउदीस्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीले सोनाहाङ्ग राई, दुर्गा बहादुर सिवाकोटी, धनबहादुर विश्वकर्मा, सुभराज विश्वकर्मा र भरत न्यौपाने लगायत १२ जनालाई नेपाल पठाएको हो।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए ।

ब्लु ग्यालेक्सीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको तर, त्यहाँ पुगेपछि बेल्चा र जचाडू बोकेर सडकमा सरसफाइको काममा लगाएको उनीहरूले  गुनासो गरेका थिए ।

फर्किने बेलामा कुटपिट

मिडियामा गएको भन्दै नेपाल फर्किने बेलामा ५ जना नेपालीलाई कम्पनीको मालिकले कुटपिट गरेको सोनाहाङ्ग राईले जानकारी दिएका छन्।

कम्पनीले विमानस्थल लाने क्रममा गाडीमा फलामको रडले ढाडमा हान्ने र आँखामा घोच्ने गरेको अर्का पीडित सुभराज विश्वकर्माले बताए।
‘कम्पनी राम्रो छ, खाना बस्न दिनुका साथै सबै सेवा सुविधा दिएको’ भन्न लगाएको पनि सोनाहाङ्गले सुनाए ।

मिडियामा आएका कारण आफूहरू स्वदेश फर्कन सफल भएको भन्दै नेपाल फर्किएकाहरू विमानस्थलमै भक्कानिएका थिए । आफूहरू जस्तै त्यहाँ अलपत्र परेका साथीहरूलाई पनि उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

कोठामा एसी र ग्यास जडान

बुधबार बेलुका त्यहाँ रहेका नेपालीहरूको कोठामा कम्पनीले एसी र ग्यास जडान गरिदिएको छ।

‘मिडियामा समाचार आएपछि कम्पनीले कोठामा एसी र ग्यास जडान गरिदिएको छ, त्यहाँ अलपत्र अवस्थामा रहेका एक नेपालीले भने ’अब जेसुकै गरोस्, हामी सबै जना नेपाल फर्कन चाहन्छौँ । मिडियामा बोल्ने टाठो बाठोहरूलाई मात्र म्यानपावरले नेपाल फर्काएको छ।’

खानको लागिसमेत समस्या भएको भन्दै उनीहरूलाई तत्काल आफूहरूलाई पनि उद्धार गरिदिनु सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । म्यानपावरका सञ्चालक हिम हरि अर्यालले पटक-पटक म आफैँ साउदी आएर समस्या हल गर्छु भन्दै झुक्क्याउने गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ३२ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम