समाचार प्रभाव : साउदीमा अलपत्र १२ युवा स्वदेश फर्किए « Khabarhub

समाचार प्रभाव : साउदीमा अलपत्र १२ युवा स्वदेश फर्किए



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १४५ जना मध्य १२ नेपाली युवा बिहीबार नेपाल फर्किएका छन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४५ दिनअघि उनीहरू साउदी पुगेका थिए ।

अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएको गुनासो गरेपछि खबरहबले समाचार सार्वजनिक गरेको थियो ।

समाचार सार्वजनिक भएपछि साउदीस्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीले सोनाहाङ्ग राई, दुर्गा बहादुर सिवाकोटी, धनबहादुर विश्वकर्मा, सुभराज विश्वकर्मा र भरत न्यौपाने लगायत १२ जनालाई नेपाल पठाएको हो।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए ।

ब्लु ग्यालेक्सीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको तर, त्यहाँ पुगेपछि बेल्चा र जचाडू बोकेर सडकमा सरसफाइको काममा लगाएको उनीहरूले  गुनासो गरेका थिए ।

फर्किने बेलामा कुटपिट

मिडियामा गएको भन्दै नेपाल फर्किने बेलामा ५ जना नेपालीलाई कम्पनीको मालिकले कुटपिट गरेको सोनाहाङ्ग राईले जानकारी दिएका छन्।

कम्पनीले विमानस्थल लाने क्रममा गाडीमा फलामको रडले ढाडमा हान्ने र आँखामा घोच्ने गरेको अर्का पीडित सुभराज विश्वकर्माले बताए।
‘कम्पनी राम्रो छ, खाना बस्न दिनुका साथै सबै सेवा सुविधा दिएको’ भन्न लगाएको पनि सोनाहाङ्गले सुनाए ।

मिडियामा आएका कारण आफूहरू स्वदेश फर्कन सफल भएको भन्दै नेपाल फर्किएकाहरू विमानस्थलमै भक्कानिएका थिए । आफूहरू जस्तै त्यहाँ अलपत्र परेका साथीहरूलाई पनि उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

कोठामा एसी र ग्यास जडान

बुधबार बेलुका त्यहाँ रहेका नेपालीहरूको कोठामा कम्पनीले एसी र ग्यास जडान गरिदिएको छ।

‘मिडियामा समाचार आएपछि कम्पनीले कोठामा एसी र ग्यास जडान गरिदिएको छ, त्यहाँ अलपत्र अवस्थामा रहेका एक नेपालीले भने ’अब जेसुकै गरोस्, हामी सबै जना नेपाल फर्कन चाहन्छौँ । मिडियामा बोल्ने टाठो बाठोहरूलाई मात्र म्यानपावरले नेपाल फर्काएको छ।’

खानको लागिसमेत समस्या भएको भन्दै उनीहरूलाई तत्काल आफूहरूलाई पनि उद्धार गरिदिनु सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । म्यानपावरका सञ्चालक हिम हरि अर्यालले पटक-पटक म आफैँ साउदी आएर समस्या हल गर्छु भन्दै झुक्क्याउने गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : ३२ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि