निर्वाचन आचारसंहिता संविधानसँग बाझियो : नगरपालिका महासंघ उपाध्यक्ष « Khabarhub

निर्वाचन आचारसंहिता संविधानसँग बाझियो : नगरपालिका महासंघ उपाध्यक्ष


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले निर्वाचन आचारसंहिता संविधानसँग बाझिएको बताएकी छन् ।

१५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवारी अघि राजीनामा दिनुपर्ने व्यवस्था कायम गरिएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका उपमेयरसमेत रहेकी ढुंगानाले आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवारी दिन सक्छन् तर, राजीनामा दिनुपर्ने व्यवस्था कहिँकतै छैन, १ दिन अगाडि राजीनामा दिनु भनेको पनि कानुन विपरीत हुन्छ । संविधानले स्थानीय तहका जनप्रतिनिको कार्यकाल पाँच वर्ष भनेको छ । आचारसंहिता संविधानसँग बाझिएको छ ।’

यसबारे नगरपालिका संघको बैठक बस्ने उनले बताइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : २८ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,