संघीयताले फेरिएको गौरीगञ्ज « Khabarhub

संघीयताले फेरिएको गौरीगञ्ज


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – गौरीगञ्ज गाउँपालिका कुनै बेला विकासको दृष्टिकोणले पछि थियो । सीमावर्ती गौरीगञ्ज वडा नम्बर १ बाहेकका वडा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र हो ।

तर, विकासको दृष्टिकोणले निकै पछि छ । पुरानो गौरीगञ्ज बजारको विकास हुन संघीयता नै चाहियो । संघीयतापछि भने गौरीगञ्ज बजारले आफ्नो मुहार फेरेको छ । बजार क्षेत्रको धुलाम्मे सडक पक्की भएको छ । फराकिला सडक बनेको छ । विगतमा बजार क्षेत्रमा रहेका फुसको घर हटेर पक्की घर बनेका छन् ।

राज्यका लागानीमा बजार निर्माण भएको छ । गौरीगञ्ज बजारबाट नाकासम्म जाने विभिन्न सडक पक्की भएका छन् । ‘विगतको तुलनामा गौरीगञ्ज बजार त पूरै फेरिएको छ । संघीयताको प्रभाव गौरीगञ्जलाई परेको छ,’स्थानीय अशोकराज थापा भन्छन्, ‘पहिला फुसका घर थिए । ठूला पसल थिएनन् । अहिले परिवर्तन भएर ठूला पसल बनेका छन् । फुसको घर भत्काएर ठूला-ठूला पक्की घर बनेका छन् ।’

लामो समयसम्म बन्न नसकेको हुलाकी राजमार्ग पनि बनेको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र खजुरगाछी क्षेत्रमा चार लेनको सकड बनेको छ । जसका कारण गौरीगञ्जको मुहार उज्जयालो भएको स्थानीय राम मण्डल बताउँछन् । ‘पहिला त बर्खामा यो सडक धान रोप्ने खेत जस्तै हुन्थ्यो । अहिले त चार लेनको पक्की भएको छ,’ उनी भन्छन्, ‘विकासको सबैभन्दा ठूलो कुरा सडक सञ्जाल हो । यो नै बनेपछि त धेरै सहज भएको छ नि !’

गौरीगञ्जमा आदिवासी समुदायाको बसोबास धेरै रहेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । सडक सञ्जालको विकास र बजार क्षेत्रको विकाससँगै अब जनताको जीवनस्तरको विकासमा पनि अघि बढ्ने उनले बताए ।

गौरीगञ्जमा स्थानीय सरकार बनेपछि विकासले फड्को मारेको उनी बताउँछन् । ‘हुलाकी राजमार्गअन्तर्गत सडक निर्माण लगभग सम्पन्न गरेर व्यवस्थित गर्ने तर्फ हामी लागेका छौँ । स्मार्ट सिटीअन्तर्गत सघन सहरीको काम पनि अघि बढेको छ । आउँदा दिनमा पनि पाँच करोडको काम अघि बढ्नेछ,’अध्यक्ष श्रेष्ठले भने, ‘गौरीगञ्जभित्रका पुराना बाटा सय प्रतिशत नै निर्माण गरेका छौँ । कतिपयमा पक्की गर्‍यो । कतिपय ग्राभेल छन् । आवश्यकताअनुसार पुल, कल्भर्ट पनि निर्माण गरिरहेका छौँ । विद्युत पूर्ण रूपमा जनताले पाएका छन् । हिजोको तुलनामा आज गौरीगञ्जको मुहार फेरिएको छ ।’

स्मार्टसिटीअन्तर्गगत आवश्यक पर्ने सडकसहित नयाँ बस्ती निर्माणको काम हुने अध्यक्ष श्रेष्ठले बताए । तर, गाउँपालिका बासीले नबुझ्दा नयाँ बस्ती निर्माणको काम गर्न नसकिएको उनले बताए । अहिले गौरीगञ्ज-३ र ६ मा सडक निर्माण भएको बताए । यसले सहरको सौन्दर्य बढाएको उनले बताए । स्मार्टसिटी अन्तर्गत आएको बजेटले खजुरगाछीमा कृषि बजार विस्तार गरिएको उनले बताए । कृषि क्षेत्र रहेको गौरीगञ्जका कृषकलाई कृषिमा अनुदान दिइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५६ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित