संघीयताले फेरिएको गौरीगञ्ज « Khabarhub

संघीयताले फेरिएको गौरीगञ्ज


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – गौरीगञ्ज गाउँपालिका कुनै बेला विकासको दृष्टिकोणले पछि थियो । सीमावर्ती गौरीगञ्ज वडा नम्बर १ बाहेकका वडा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र हो ।

तर, विकासको दृष्टिकोणले निकै पछि छ । पुरानो गौरीगञ्ज बजारको विकास हुन संघीयता नै चाहियो । संघीयतापछि भने गौरीगञ्ज बजारले आफ्नो मुहार फेरेको छ । बजार क्षेत्रको धुलाम्मे सडक पक्की भएको छ । फराकिला सडक बनेको छ । विगतमा बजार क्षेत्रमा रहेका फुसको घर हटेर पक्की घर बनेका छन् ।

राज्यका लागानीमा बजार निर्माण भएको छ । गौरीगञ्ज बजारबाट नाकासम्म जाने विभिन्न सडक पक्की भएका छन् । ‘विगतको तुलनामा गौरीगञ्ज बजार त पूरै फेरिएको छ । संघीयताको प्रभाव गौरीगञ्जलाई परेको छ,’स्थानीय अशोकराज थापा भन्छन्, ‘पहिला फुसका घर थिए । ठूला पसल थिएनन् । अहिले परिवर्तन भएर ठूला पसल बनेका छन् । फुसको घर भत्काएर ठूला-ठूला पक्की घर बनेका छन् ।’

लामो समयसम्म बन्न नसकेको हुलाकी राजमार्ग पनि बनेको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र खजुरगाछी क्षेत्रमा चार लेनको सकड बनेको छ । जसका कारण गौरीगञ्जको मुहार उज्जयालो भएको स्थानीय राम मण्डल बताउँछन् । ‘पहिला त बर्खामा यो सडक धान रोप्ने खेत जस्तै हुन्थ्यो । अहिले त चार लेनको पक्की भएको छ,’ उनी भन्छन्, ‘विकासको सबैभन्दा ठूलो कुरा सडक सञ्जाल हो । यो नै बनेपछि त धेरै सहज भएको छ नि !’

गौरीगञ्जमा आदिवासी समुदायाको बसोबास धेरै रहेको गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । सडक सञ्जालको विकास र बजार क्षेत्रको विकाससँगै अब जनताको जीवनस्तरको विकासमा पनि अघि बढ्ने उनले बताए ।

गौरीगञ्जमा स्थानीय सरकार बनेपछि विकासले फड्को मारेको उनी बताउँछन् । ‘हुलाकी राजमार्गअन्तर्गत सडक निर्माण लगभग सम्पन्न गरेर व्यवस्थित गर्ने तर्फ हामी लागेका छौँ । स्मार्ट सिटीअन्तर्गत सघन सहरीको काम पनि अघि बढेको छ । आउँदा दिनमा पनि पाँच करोडको काम अघि बढ्नेछ,’अध्यक्ष श्रेष्ठले भने, ‘गौरीगञ्जभित्रका पुराना बाटा सय प्रतिशत नै निर्माण गरेका छौँ । कतिपयमा पक्की गर्‍यो । कतिपय ग्राभेल छन् । आवश्यकताअनुसार पुल, कल्भर्ट पनि निर्माण गरिरहेका छौँ । विद्युत पूर्ण रूपमा जनताले पाएका छन् । हिजोको तुलनामा आज गौरीगञ्जको मुहार फेरिएको छ ।’

स्मार्टसिटीअन्तर्गगत आवश्यक पर्ने सडकसहित नयाँ बस्ती निर्माणको काम हुने अध्यक्ष श्रेष्ठले बताए । तर, गाउँपालिका बासीले नबुझ्दा नयाँ बस्ती निर्माणको काम गर्न नसकिएको उनले बताए । अहिले गौरीगञ्ज-३ र ६ मा सडक निर्माण भएको बताए । यसले सहरको सौन्दर्य बढाएको उनले बताए । स्मार्टसिटी अन्तर्गत आएको बजेटले खजुरगाछीमा कृषि बजार विस्तार गरिएको उनले बताए । कृषि क्षेत्र रहेको गौरीगञ्जका कृषकलाई कृषिमा अनुदान दिइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ५६ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी