मिथिलामा होली : लोप हुँदैछ संस्कृति « Khabarhub

मिथिलामा होली : लोप हुँदैछ संस्कृति



काठमाडौं- फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ । 

वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागु पूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन बिहिबार मनाइरहँदा तराई भेगमा भोलिपल्ट शुक्रबार मनाइन्छ ।

 सामाजिक सदभाव र माधुर्यता झल्काउने होली पर्व तराईमा शुक्रबार मनाएता पनि जनकपुरमा भने शनिबार मनाईंदैछ । होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । 

मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्ने गर्छ । पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित हुन्छ । पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथिलावासीहरू परिक्रमाले थकित भएका हुन्छन् । त्यसैले जनकपुरमा यसपटक शनिबार  मनाईंदैछ । 

विशेषत मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डंफमजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ ।  पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ । फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।

पहिले पहिले गाउँघरमा दुधमसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो । यद्दपी पछिल्लो समय यो संस्कृति विस्तारै लोपोन्मुख छ । परदेशीयाधोतिया रङ्गावे गोरिया, हो रङ्गावे गोरिया.., जमुना तट श्याम खेलैय होरी, जमुना तट, किनकर हाथ कनक पिचकारी, किनकर हाथ अबीर झोरी.., .होलीका यी गीतहरु अहिले विरलै सुनिन्छ । 

कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, माया प्रेम तथा राग लुकेका माधुर्यता र प्रेमभाव मिसिएको यी होली गीत विरलै सुन्न पाइन्छ पछिल्लो समय तराईमा । 

सामाजिक सदभाव, सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुको मौलिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होलीमा संकीर्णता छाएको छ । अबको होली होली नभएर उच्छरिंखल युवाहरुको सहरमुखी होली हुन पुगेकाले यसको पौराणिकतासँग जोडिएको होली गीत लोप भइरहेको छ । यस्तो हुनुमा सहरिया र आयात संस्कृति हावी हुनु ठान्छन् धीरेन्द्र प्रेमर्षीको साहित्यिक नामले परिचित धीरेन्द्र झा । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्य रहेका झाले मिथिलामा मौलिक संस्कृति विस्तारै लोपोन्मुख हुनुमा प्रमुख ३ कारण औल्याएका छन् । सहरिया संस्कृति र रमझम मात्रमा सिमित हुँदा युवाहरुले आफ्नो संस्कृति भुल्ने गरेको पहिलो कारण उनले औंल्याए । ’देखासिकीले निम्त्याएको आयातित संस्कृति एउटा सामान्य कारण हुन’ झाले भने । 

उनले अन्य दुइ कारण झनै गम्भीर रहेको बताए । पहिला गाउँमा रातपरेपछि गाउँ बुढापाकाहरु एकतृत भई झ्याल, मृदंग, ढोल लिएर समूहगत रुपमा होली गीत गाउने गर्दथे । झा भन्छन् ,’ अहिले त्यो समय कहाँ रह्यो र गाउँका अधिकांश युवा कामका लागि विदेशमा गएका छन् भने बाँकी रहेका बुढापाकाले कहिलेकाहीँ मात्र जोगिरा गाउने गरेका छन् । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भइरहेको छ ।’ उनले औंल्याएको तेस्रो कारण माओवादीे युद्धको समय हो । 

मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डंफमजीराका साथ होलैताहरुले होलीका गीत गाउने गर्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । तर , यो संस्कृति पुस्तान्तरण भएन । किनकी माओवादी युद्धको समयमा रातमा गाइने होलौताहरुले गीत गाउन सकेनन् । ’त्यो समयमा होलीमा गाइने गीतहरुसँगै संस्कृति नयाँ पुस्तामा नआउँदा अहिले होलौता भेटिदैनन् । नयाँ पुस्ता संस्कृतिसँग बेखबर छन् । गाइने गीतहरु पनि कहाँ सुरु हुन्छन् , कहाँ अन्त्य हुन्छन् ? बुझ्न मुस्किल छ’ प्राज्ञ सदस्य झाले भने । यद्दपी उनि अझैँ पनि मिथिला संस्कृतिलाई जोगाउन पुराना मान्छेसँगै केहि संस्थाहरु सक्रिय रहेको बताए । 

मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा होरी गायन प्रतियोगिता गर्ने गरेको छ । अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले होरी महोत्सवको आयोजन गर्दै आएको छ । फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । 

महामुर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ । विभूषित गरिने उपाधिहरु महामुर्ख, पटमुर्ख, चौपटट्मुर्ख, मुर्खानन्द र मुर्खाधिश लगायत छन् । विभूषित हुनेहरुलाई काउली, फर्सी, खुर्सानी, आलु लगायत विभिन्न तरकारीहरूको माला लगाइने गरिन्छ । अन्य बेला महामुर्ख भन्दा समेत कुटाकुट गर्नेहरु होलीको अवसरमा त्यस्ता विभूषणहरु पाएर दङ्ग पर्छन्। 

अझै पनि मिथिलाका पुराना मानिसहरु संस्कृतिलाई अगाडी बढाउन तत्पर छन् । यद्दपी नयाँ पुस्ताले गाउँ छोड्ने, सहरिया संस्कृतिमा रमाउने प्रचलन बढ्दै जाँदा पछिल्लो समय होलैताको संख्या त घटेको छ नै यो संस्कृति पुस्तान्तरण हुन् पनि सकेको छैन । यो संस्कृतिलाई अगाडी बढाउन संघ संस्थाहरुले गरेको प्रयास युवा अग्रसर नभए विफल नै रहन्छ । मिथिलामा होली भनेपछि रंग लगाउने मात्र नभई यसको छुटै संस्कृति छ भन्ने नयाँ पुस्तालाई बुझाउन जरुरी छ । 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १ : ०५ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित