नीता निर्देशक नबन्ने « Khabarhub

नीता निर्देशक नबन्ने


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केहि समय यता अभिनेत्री नीता ढुङ्गानाले म्युजिक भिडियो निर्देशन गरिरहेकी छिन् । ज्योतिषसँगै अभिनेता समेत रहेका हरिहर अधिकारीसँग नजिकिएपछि उनले फिल्म निर्माण गर्ने तयारी समेत थालेकी छिन् ।

‘ह्रस्व–दीर्घ’ शिर्षक राखेर फिल्म निर्माण गर्ने तयारीमा रहेकी नीताले निर्देशन गर्ने चर्चा केहि दिन अगाडी भयो । निर्माणमा हरिहरसँग सहकार्य गर्ने र निर्देशनमा डेब्यु गर्ने तयारी नीताको थियो । यद्दपी उनले निर्देशनबाट आफुलाई अलग राख्ने निर्णय गरेकी छिन् ।

फिल्मसँग जोडिएको एक सदस्यले नीता निर्मात्री, अभिनयको जिम्मेवारीमा मात्र सिमित रहन चाहेको बताए। उनका अनुसार फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तले पाएका छन् ।

नीताको निर्मात्रीको रुपमा पहिलो फिल्म भएकाले उनले लगानीसँगै अभिनयमा मात्र केन्द्रीत हुने निर्णय लिएकी छिन् । यद्दपी उनको लक्ष्य भनेको निर्देशन भएता पनि अहिलेलाई त्यो थाती राखेकी छिन्’ फिल्मसँग जोडिएका ती सदस्यले भने । यद्दपी नीता भने अहिले नै निर्णय नभइसकेको बताउँछिन् ।

कुराकानीको क्रममा नीताले निर्देशनको निर्णय छलफल पश्चात लिने बताइन् । ’अहिले नै के गर्ने भन्ने निर्णय भएको छैन । निर्देशनको विषयमा छलफल भइरहेको छ । ‘ह्रस्व–दीर्घ’ पहिलो प्रोजेक्ट भएकाले अहिले यसको स्क्रिप्ट र संगीतमा काम भइरहेको छ’ नीताले भनिन् । उनले आउँदो भाद्रमा छायांकन गर्ने तयारीमा आफु सहित टिम रहेको समेत बताइन् । यसै फिल्म निर्देशनका लागि रामजी लामिछाने, झरना थापा, सुदर्शन थापासम्मको नाम चर्चामा थियो । यद्दपी यो जिम्मेवारी पन्ततर्फ पुगेको छ ।

यो फिल्मको छायाँकारको रुपमा सञ्जय लामा रहने छन् भने बाँकी कलाकार तथा प्राविधिकको छनौट हुन बाँकी रहेको छ । नीताले चन्द्र पन्तको निर्देशनमा एउटा भोजपुरी फिल्ममा काम गरेकी थिइन् । यहि फिल्ममा काम गर्दाको विश्वासमा नीताले आफूले बनाउन लागेको फिल्म चन्द्रलाई निर्देशन गर्न दिएकी हुन् ।

हरिहर र नीताले यसअघि टेलिभिजन सो र एउटा म्युजिक भिडियोमा सहकार्य गरेका छन् । हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १ : ५० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्