रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो ।

सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबाहेक दुई देश बीचको व्यापार, लगानी तथा अन्य द्विपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रुसी प्रशासन क्रेमलिनले दिएको जानकारी अनुसार फोन वार्ताका क्रममा हालै रुस र टर्कीका विदेशमन्त्रीबीच यसअघि भएको भेटवार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

साथै रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा पनि टेलिफोन वार्तामा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ । त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।

रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ता भन्दा पनि बढी भएको छ । यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन ।

(राससबाट)

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  २ : १२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र