कार्यकाल सफल भयो, महानगरका जनता खुशी छन् : मेयर शाक्य « Khabarhub

कार्यकाल सफल भयो, महानगरका जनता खुशी छन् : मेयर शाक्य


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन्। ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माण लगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा अवरोध गर्ने गरेको गुनासो गरेका हुन् । उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुशी रहेको पनि दाबी गरे ।

शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गीसंग कुनै विवाद नरहेको धारणा राखे। शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गरे। त्यस्तै उनले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाए। जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ०६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२