कार्यकाल सफल भयो, महानगरका जनता खुशी छन् : मेयर शाक्य « Khabarhub

कार्यकाल सफल भयो, महानगरका जनता खुशी छन् : मेयर शाक्य


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन्। ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माण लगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रुपमा अवरोध गर्ने गरेको गुनासो गरेका हुन् । उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुशी रहेको पनि दाबी गरे ।

शाक्यले बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि भित्री रुपमा उपमेयर हरिप्रभा खड्गीसंग कुनै विवाद नरहेको धारणा राखे। शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गरे। त्यस्तै उनले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा पनि आपत्ती जनाए। जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा शाक्यले महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ०६ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल