रुसद्वारा युक्रेनी विमानस्थलमा क्रुज क्षेप्यास्त्र हमला « Khabarhub

 रुसद्वारा युक्रेनी विमानस्थलमा क्रुज क्षेप्यास्त्र हमला


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन् ।

कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ ।

लभिभ शहरका मेयर आन्द्रेई  सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए । यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ ।

गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो । हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोपका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरूका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : १७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र