महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ « Khabarhub

महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– नक्कली प्रहरी बनेर महिलाको अपहरण गर्ने दुई जना पक्राउ परेका छन् ।

शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले नक्कली प्रहरीहरू पाँचखपन नगरपालिका–४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूलाई संखुवासभाको खाँदबारी नगरपालिका–८ बाट प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमिला सार्कीलाई प्रहरीको पोसाकमा आएका चार जनाले घरबाट करिब १ सय मिटर पर जंगलमा लगेर पति रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए ।

रमेशले पत्नी प्रमिलाको अपहरण गर्न चार नक्कली प्रहरी परिचालन गरेका थिए ।


त्यसपछि रमेशले पत्नीको ज्यान मार्न शारीरिक तथा मानसिक यातना दिएका थिए ।

प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरीमा उजुरी गरेकी थिइन् ।

रमेशले काठमाडौँको बागबजारबाट प्रहरीका नक्कली पोशाक प्रतिजोर प्रतिदिन ५ सयका दरले भाडामा ल्याएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

पारिवारिक कलह तथा आपसी विवादले चरम रूप लिएपछि माइत आएकी श्रीमतीलाई आफूसँग लान नक्कली प्रहरीको सहयोग लिएको बुझिएको छ ।
अन्य फरार नक्कली प्रहरीको खोजी भइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ११ : ११ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित