प्रअ छाडेर वडाध्यक्षको उम्मेदवारी घोषणा « Khabarhub

प्रअ छाडेर वडाध्यक्षको उम्मेदवारी घोषणा


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ ।

आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् । राई विद्योद्वय आधारभुत विद्यालयका प्रअ हुन् । राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

जिल्लामा सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहेका बेला वडामा जनता समाजवादीले वडाध्यक्ष पाउने अवस्था आएपछि राईले उम्मेदवार बन्ने तयारी थालेका हुन् । राईले केही दिन भित्र प्रअबाट राजीनामा दिने र वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित गरिएको जनता समाजवादीका नेता रबिन खम्बूले बताए । वडाध्यक्षमा उठ्ने तयारी गरेका राई पूर्वश्रोतव्यक्ति पनि हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५० बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ