भारतीय नम्बर प्लेटका मोटरसाइकल ठोक्किँदा नेपाली युवकको मृत्यु, भारतीय युवक घाइते « Khabarhub

भारतीय नम्बर प्लेटका मोटरसाइकल ठोक्किँदा नेपाली युवकको मृत्यु, भारतीय युवक घाइते


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो ।

बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गए राति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।

दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन्। सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४५ बजे

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र