राजनीतिमा दलित समुदायको प्रतिनिधित्वको लागि ज्ञापनपत्र पेस « Khabarhub

राजनीतिमा दलित समुदायको प्रतिनिधित्वको लागि ज्ञापनपत्र पेस


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपालले निर्वाचन आयोगलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व माग गर्दै अभियानका संयोजक खगेन्द्र सुनारलगायतको टोलीले आइतबार आयोगको कार्यालय कान्तिपथ पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको हो ।

सो क्रममा प्रमुख आयुक्त थपलियाले दलित समुदायको सार्थक सहभागिताका लागि राजनीतिक दलहरूलाई घचघच्याउनुपर्ने बताए ।

अभियानका संयोजक सुनारले राज्यका निर्णायक तहमा दलितको उचित प्रतिनिधित्व हुने व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

त्यसअघि रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले माग पत्रबारे जानकारी गराएको थियो ।

अभियानले राजनीतिक दलका नेताहरूलाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

आगामी निर्वाचनमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, कुल उम्मेदवारमध्ये जनसंख्याको आधारमा १३ प्रतिशत उम्मेदवार दलित समुदायबाट बनाउने व्यवस्था गर्नुपर्नेलगायतका माग अभियानले अघि सारेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ४८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच