मोहन वैद्यलाई छाडेका राई समूह माओवादीमा समाहित « Khabarhub

मोहन वैद्यलाई छाडेका राई समूह माओवादीमा समाहित


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् ।

माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहस पश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र  नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्रमा समाहित भएका हुन् ।

संयुक्त विज्ञप्ति 

आज मिति २०७९ साल वैशाख ५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वार्ता समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी आउनु भएका कमरेड नागेन्द्र राई समूह, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी बीच पटक पटक छलफल र बहस पश्चात हामी सबै पक्ष निम्न अनुसारको सहमति गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको घोषणा गर्दछौं । साथै नेपलाको एक मात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रमा ध्रुवीकरण भएको घोषणा गर्दैछौं ।

१. मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र को विचार, राजनीति, कार्यदिशा र सांगठनिक सिद्धान्तप्रति प्रतिबद्धता जाहेर गर्दछौँ ।

२. नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड नागेन्द्र राईलाई पार्टीको केन्द्रीय सदस्य र बाँकी ३ जना कमरेड कृष्ण गुरुङ, कमरेड तिलबहादुर पुन र कमरेड कुमार बोगटीलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिने र बाकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचन पछाडि उचित जिम्मेवारी आपसी छलफल र सहमतिको आधारमा तय गर्ने निर्णय गरियो ।

३. नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड जीतबहादुर चौधरी र कमरेड जिमी लामालाई पार्टी केन्द्रीय समितिको बैकल्पिक केन्द्रीय समितिको सदस्यको जिम्मेवारी दिने र बाँकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचनपछि उचित जिम्मेवारी आपसी छलफल र सहमतिका आधारमा ढुंगो लगाउने निर्णय गरियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : २५ बजे

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम