विश्रामको ‘के छ मसँग’ मा अमृत र नग्मा « Khabarhub

विश्रामको ‘के छ मसँग’ मा अमृत र नग्मा


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक विश्राम रायमाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ ।

एक कार्यक्रमकाबीच गीत भिडियोसहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायमाझीकै शब्द तथा संगीत छ भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ । गीतको भिडियोमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमी–प्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।

अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन् । कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिएका थिए ।

गीतको शब्द, संगीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुवै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफूले लिएको गायक विश्राम रायमाझीले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ०० बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला