यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन् « Khabarhub

यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन्


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुलले फेब्रुअरीमा काराबाओ कप जित्यो । आगामी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि लिभरपुलको दाबेदारी कायम नै रहेको छ ।

यसकारण लिभरपुलले यो सिजन चारैवटा उपाधि जितेर क्वाडरुपलको सपना साकार पार्ने पो हो की भन्ने धेरैको चासो  छ । शनिबार भएको खेलमा लिभरपुलले चीर प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई पराजित गरेसँगै एफए कपको फाइनलमा स्थान पक्का गरेको हो । 

‘कसैले पनि क्वाडरुपल जित्न सकेका छैनन् र यसको एउटा कारण छ – किनकी करिब यो असम्भवजस्तै छ ।’, टोलीका सेन्टर ब्याक खेलाडी भर्जिल भान डाइकले अभिव्यक्ति दिएका छन् ।

प्रिमियर लिगको अंक तालिकामा म्यानचेष्टर सिटी ७४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । लिभरपुल ७३ अंकसहित दोस्रो स्थानमा छ ।

लिभरपुलले प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । साथै उपाधि दौडमा लिभरपुलले एभर्टन र टोटनह्यामसँग पनि भिड्नु पर्नेछ ।

यता, युएफा च्याम्पियन्स लिगको अन्तिम ४ खेलमा भने लिभरपुलले भियारियलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

‘सिजनमा चार उपाधि जितेर क्वाडरुपल वा तीन उपाधि जितेर ट्रेबल गर्नु अपवाद बराबर नै हो । यसले हामीमाथि थप दबाब सृजना गरेको छ ।’ डाइकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनका अनुसार सबैको लक्ष्य सहभागी भएको हरेक खेलमा जित निकाल्ने नै हुन्छ तर नतिजा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

बीबीसीबाट

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ३९ बजे

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा