यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन् « Khabarhub

यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन्


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुलले फेब्रुअरीमा काराबाओ कप जित्यो । आगामी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि लिभरपुलको दाबेदारी कायम नै रहेको छ ।

यसकारण लिभरपुलले यो सिजन चारैवटा उपाधि जितेर क्वाडरुपलको सपना साकार पार्ने पो हो की भन्ने धेरैको चासो  छ । शनिबार भएको खेलमा लिभरपुलले चीर प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई पराजित गरेसँगै एफए कपको फाइनलमा स्थान पक्का गरेको हो । 

‘कसैले पनि क्वाडरुपल जित्न सकेका छैनन् र यसको एउटा कारण छ – किनकी करिब यो असम्भवजस्तै छ ।’, टोलीका सेन्टर ब्याक खेलाडी भर्जिल भान डाइकले अभिव्यक्ति दिएका छन् ।

प्रिमियर लिगको अंक तालिकामा म्यानचेष्टर सिटी ७४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । लिभरपुल ७३ अंकसहित दोस्रो स्थानमा छ ।

लिभरपुलले प्रिमियर लिग अन्तर्गत मंगलबार म्यानचेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । साथै उपाधि दौडमा लिभरपुलले एभर्टन र टोटनह्यामसँग पनि भिड्नु पर्नेछ ।

यता, युएफा च्याम्पियन्स लिगको अन्तिम ४ खेलमा भने लिभरपुलले भियारियलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

‘सिजनमा चार उपाधि जितेर क्वाडरुपल वा तीन उपाधि जितेर ट्रेबल गर्नु अपवाद बराबर नै हो । यसले हामीमाथि थप दबाब सृजना गरेको छ ।’ डाइकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनका अनुसार सबैको लक्ष्य सहभागी भएको हरेक खेलमा जित निकाल्ने नै हुन्छ तर नतिजा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

बीबीसीबाट

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ३९ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी