काठमाडौँ– भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो ।
डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि गरिएको निगमले जनाएको छ ।
डिजलको मूल्यमा २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ३८ पैसा वृद्धि गरिएको सूची आईओसीले निगमलाई पठाएको हो ।
अप्रिल १६ मा आईओसीले निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको थियो ।














प्रतिक्रिया