काठमाडौँ– अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा तानिएको छ ।
न्यायाधीश जोशीलाई सर्वाेच्च अदालतमा काज सरुवा गरिएको हो ।
फैसला विवादमा परेपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काठमाडौँ झिकाएका हुन् ।
जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको महिलालाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए । तर, अभियुक्तलाई सफाइ दिने फैसला गरेका थिए ।
मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा उनले यो फैसला सुनाएका थिए । तर, यो व्यवस्था कार्यान्वयनमा नै रहेको छैन ।













प्रतिक्रिया