शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता | Khabarhub Khabarhub

शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक एडीबीका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ ।

सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पुर्‍याउने कार्यमा सहयोगको प्रस्ताव गरेका थिए ।

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले शिक्षा क्षेत्रमा एडीबीको निरन्तर सहयोग रहेकोसमेत स्मरण गराएका थिए । आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका साथै उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : १० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले